जिसस दोलखाका पदाधिकारीहरूद्वारा पदभार ग्रहण

ईश्वर विश्वकर्मा
चरिकोट, असार ५
दोलखामा जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरूले सपथ तथा पदभार ग्रहण गरेका छन् । असार १ गते सम्पन्न निर्वाचनबाट तीन दलीय गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रमुख बर्जुराम घतानी र उपप्रमुख दोर्जी शेर्पा सहित सदस्यहरू सबैले पदभार ग्रहण गरेका हुन् ।
उहाँहरूलाई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । निवर्तमान प्रमुख डबल पाण्डेले नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई दिदैँ कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकाल पनि सफल भएको बताउनुभयो । त्यसैगरी नवनिर्वाचित नवनिर्वाचित प्रमुख घतानीले निवर्तमान पदाधिकारीहरूलाई मायाको चिनो स्वरुप करुवा प्रदान गरी बिदाई गर्नुभयो ।
सो अवसरमा आफूलाई मतदान गरी विजयी गराएकोमा मतदातालाई धन्यवाद दिदैँ मतदातालाई निरास हुन नदिने बताउनुभयो। समन्वयकारी भूमिकामा रहेको जिससमा आफ्नो नेतृत्वले ऐन, कानुन र संविधानको परिधिमा रहेर काम गर्दै सशक्त नेतृत्व प्रमाणित गर्ने उल्लेख गर्नुभयो । पालिकाहरूमा समन्वय र अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाई लक्ष्य प्राप्तिमा सहयोग गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । जिससको नयाँ नेतृत्वलाई सफल बनाउनको लागि जिल्लाको नौ वटै स्थानीय तह र नागरिकको साथसहयोग र सुझावको आवश्यकता पर्ने उहाँले सुनाउनुभयो।

Shares

Be the first to comment on "जिसस दोलखाका पदाधिकारीहरूद्वारा पदभार ग्रहण"

Leave a comment

Your email address will not be published.


*