संगठन विभाग प्रमुखमा के.सी. मनोनित

चरिकोट(दीस) – नेपाली कांग्रेस दोलखाले संगठन विभाग प्रमुख तोकेको छ । पार्टी सभापति बर्मा लामाले प्रमुखमा भुवन के.सी.लाई मनोनित गर्नु भएको छ । पार्टीको विधान अनुसार काम गर्नको के.सीलाई जिम्मेवारी तोकिएको जनाइएको छ । के.सीलाई हाल वि.पी. अध्ययन प्रतिष्ठान दोलखाका अध्यक्ष रहे १४ औं महाधिवेशनमा थोरै मतान्तरले महाधिवेशन प्रतिनिधि पराजित हुनु भएको थियो । के.सी नेपाली काङ्ग्रेस दोलखाका आमन्त्रित जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएको छ ।

Shares

Be the first to comment on "संगठन विभाग प्रमुखमा के.सी. मनोनित"

Leave a comment

Your email address will not be published.


*