बैतेश्वर गाउँपालिकामा कांग्रेस कार्यकताद्धारा मतदानमा अवरोध

दीक्षण समाचार
चरिकोट, बैशाख ३०
दोलखाको बैतेश्वर गाउँपालिका–१ र २ को मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका छन् । कांग्रेस कार्यकर्ताले ढुँगामुढा प्रहार गरी मतदाता र अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न दिएका छैनन् । उनीहरुलाई रोक्न दुई राउन्ड हवाई फायर गरेपनि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सकेको छैन । कांग्रेस कार्यकर्ताले गएराति देखि नै बुथ कब्जा गर्न खोजेका थिए । अहिले दुई वटै मतदान स्थलमा मतदान हुन सकेको छैन ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा कांग्रेस कार्यकताद्धारा मतदानमा अवरोध"

Leave a comment

Your email address will not be published.


*