दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने

चरिकोट (दीस) – दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने भएका छन् । आयोगका अनुसार ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र  अन्य १० वटा दलको चिन्ह पाउने भएका हुन ।निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ । रामेछापमा १८ ,सिन्धुलीमा २०, काभ्रेपलाञ्चोकमा२४ रसिन्धुपाल्चोकमा १९ दलले दलको चुनाव चिन्ह पाउने छन्। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।

Shares

Be the first to comment on "दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने"

Leave a comment

Your email address will not be published.


*