पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २९
दोलखाको सदरमुकाम चरीकोटमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, प्रदेश नीति तथा योजना आयोग र जिल्ला समन्वय समिति दोलखाको समन्वय एवम संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा आइतबार गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठी उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले गर्नुभयो । नयाँ बजेट बनाउने पूर्वसन्ध्यामा कार्यशाला गोष्ठी आयोजना हुनु राम्रो भएको बताउँनुहुदै मन्त्री खड्काले नीति योजना बनाउनको लागि सहयोगी हुने अध्ययन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने गरी लाग्न सुझाउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले अध्ययन कार्याशाला गोष्ठी फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायू पबिरवर्तनले कृषि र पशुपालन क्षेत्रमा सबै ठूलो असर परिरहेको बेला सम्बन्धित निकाय र सरकारको संयुक्त कदम चालिनुपर्ने सुनाउनुभयो । दिगो विकासका लक्ष्य प्राप्ति गर्न गाउँको सिंहदरबार र जनप्रतिनिधि लाग्नुपर्ने त्यसो नभएमा खाद्य सुरक्षा हुन, भोकमरी अन्त्य हुन नसक्ने र दिगो विकास प्राप्त गर्न नसकिने जिसस प्रमुख पाण्डेले बताउनुभयो । गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक डा. राजु क्षेत्रीले जिवीकोपार्जन अभ्यास अवधारणा अन्तर्गत बागमती प्रदेशका जिल्लामाहरुमा गोष्ठी आयोजना गरी अध्ययन गरिरहेको सुनाउनुभयो । अध्ययनका १७ वटा सूचकहरु रहेका छन् । ती सूचककहरु पूरा गर्न प्रथम र द्धितीय स्रोतबाट सूचना संकलन, अध्ययन, विश्लेषण गरी स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रलाई नै नीति तथा योजना निर्माणमा सघाउन प्रतिवेदन बनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन जिविकोपार्जन मापन गर्ने एक विधि हो । जिविकोपार्जन क्षेत्रको पहिचान, मानिसहरुको उत्थानशिलता, विगतमा भएका र भविष्यमा हुन सक्ने जलवायु परिवर्तनका असर र खाद्य सुरक्षाको दृष्टिकोणले ती क्षेत्रहरु जोखिमता विश्लेषण गर्न, लक्षित क्षेत्रहरुको पहिचान गर्न, जलवायु परिवर्तन अनुकुलन र खाद्य सुरक्षाका लागि पुनरुत्थान सम्बन्धि नीति तथा कार्यक्रम र आयोजना निर्माणमा सहयोग गर्ने उद्धेश्यका साथ अध्ययन गरिरहेको सुनाउनुभयो । बागमतीका केही जिल्लामा अध्ययन सकिएको र बाँकी रहेका जिल्लामा अध्ययन सकिएपछि प्रतिवेदन बनाइने र सम्बन्धित पालिका, जिल्ला, प्रदेशमा पठाइने छ ।

Shares

Be the first to comment on "पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*