खोप अभियान सम्पन्न

दीक्षण समाचार ÷चरिकोट, – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा मार्फत् सञ्चालन भएको साताव्यापी पीपीआर रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत केन्द्र मार्फत माघ २५ गतेदेखि दोलखाको ९ वटै पालिका र सिन्धुपाल्चोकको २ वटा पालिकामा सुरु भएको खोप अभियान सोमबार सकिएको हो । खोप अभियान अन्तर्गत १ हजार ६ सय ५१ वटा भेडा र १ लाख ९ हजार २ सय ९७ वटा बाख्रालाई खोप लगाइएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी र बलेफी गाउँपालिका र दोलखाको सबै गाउँपालिकामा गरी ४७ जना भ्याक्सिनेटरहरु टोलटोलमा परिचालित भएका थिए ।
भ्याक्सिनेटरको सक्रियता र किसानहरूको सहयोगले अभियान सफल भएको केन्द्रका सूचना अधिकारी डाक्टर निशान्त शर्माले बताउनुभयो । केन्द्रमा १ लाख १२ हजार मात्रा पीपीआर खोप उपलब्ध भएकोमा १ लाख १० हजार ९ सय ४८ मात्रा लगाइएको हो । पीपीआर भेडा बाख्रामा लाग्ने घातक संक्रामक रोग हो । पीपीआर रोग लागेमा भेडाबाख्रा मर्ने सम्मको स्थिति आउँछ । त्यो अवस्था आउन नदिनको लागि भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खोप लगाउनुपर्ने हुन्छ ।

Shares

Be the first to comment on "खोप अभियान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*