दाेलखामा ४७ जनामा काेराेना सक्रमण पुष्टि

चरिकोट – दोलखामा समुदाय स्तरमा फेरि काेराेना सक्रमण  बढ्न थालेकाे छ । दाेलखामा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला भर ८८ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ४७ जनामा काेराेना पुष्टि भएको स्वास्थ्य कार्यलय दाेलखाले जनाएको छ । जसमा कालिन्चोक गाउँपालिकाका २ पुरुष, भिमेश्वर नगरपालिकाका १२ महिला ८ परुष, जिरी नगरपालिकाका ५ पुरुष र ६ महिला, शैलुङ गाउँपालिकाका ५ महिला ५ पुरुष, तामाकोशी गाउँपालिका २ महिला, बैतेश्वर गाउँपालिका १ पुरुष, विगु गाउँपालिका १ महिला रहेका छन् । योसँगै जिल्ला सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको कार्यालयले जनाएको छ । संक्रमित सबै होम आइसोलेसनमा बसिरहेका छन् । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य भएकोले होम आइसोलेसनमा बसेका हुन् । संक्रमण भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालको उपचार आवश्यकता नभएपछि संक्रमितहरु होम आइसोलेसनमा सुरक्षित बसिरहेको स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।

Shares

Be the first to comment on "दाेलखामा ४७ जनामा काेराेना सक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*