दोलखामा जन्मियो ः “जिल्ला होटल ब्यबसायी सँघ”

चरिकोट (दीस) –दोलखाका होटल ब्यबसायीहरुको बृहत भेलाबाट “जिल्ला होटल ब्यबसायी सँघ ”नामक संघ स्थापना गरिएको छ । बुधबार सदरमुकाम चरिकोटमा भएको भेलाले स्टालिन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारीहरु चयन गरेको छ । समितिको उपाध्यक्षमा तेज बहादुर थापा (बिष्णु थापा )र यम बहादुर तामाङ ,सचिबमा कुमार श्रेष्ठ ,सहसचिबमा बिनोद जिरेल र कोषाध्यक्षमा टीका बहादुर तामाङ चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यमा पदम बस्नेत,अर्जुन तिमल्सिना ,तुलसी बुढाथोकी ,बाबुराम खड्का ,कृष्ण बहादुर खड्का ,यम बहादुर पाख्रीन ,ंपुन्कर कुमार तामाङ ,पुष्पलाल कायस्थ , सुमन के.सी , र शंखर बस्नेत रहनु भएको छ । दोलखामा पछिल्लो समय होटल व्यवसायीहरुको समस्या समाधान गर्ने संघको आबश्यकता रहेकोले संघको स्थापना गरिएको उपाध्यक्ष विष्णु थापाले बताउनु भयो । अहिले ट्राभलको कारण पर्यटक ठगिनुको साथै होटल व्यवसायी पनि मर्का परेकोले त्यसको अन्त्य गर्न पहल गर्ने उहाँको भनाई रहेको छ । अहिले बनेको समितिले एकीकृत सुचना केन्द्र स्थापना गर्ने र पर्यटन क्षेत्रको विकास गर्न सरकारी तथा सरोकारवाला निकायसँग छलफल गर्ने उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा जन्मियो ः “जिल्ला होटल ब्यबसायी सँघ”"

Leave a comment

Your email address will not be published.


*