दोलखाबाट एमालेको केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

चरिकोट (दीस) –नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट दोलखाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । दोलखाबाट केन्द्रीय सदस्यमा आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी प्रसाद रिजाल, रचना खड्का र सरस्वती बस्नेत निर्वाचित हुनु भएको छ । खुल्ला तर्फ भएको निर्वाचनमा पार्वत गुरुङले १हजार ७ सय ९७ मत ल्याउदै विजयी भएका हुनु भएको छ । अरु चार भने निर्विरोध हुनु भएको थियो । पोखरेल र खडका बागमती प्रदेशबाट, रिजाल दलित कोटा र बस्नेत महिला खुल्ला कोटाबाट निर्वाचित हुनु भएको थियो । त्यसैगरी अनुशासन आयोगको सदस्यमा शान्तीमाया पाख्रिन निर्वाचित हुनु भएको छ ।

Shares

Be the first to comment on "दोलखाबाट एमालेको केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित"

Leave a comment

Your email address will not be published.


*