(एकीकृत समाजवादी) द्धारा दोलखामा संगठन विस्तारलाई तिब्रता

दीक्षण समाचार (जिरी ) –नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी)ले दोलखामा संगठन विस्तारलाई तिब्रता दिएको छ । पार्टीले संगठन बिस्तार अभियानलाई तिब्रता दिन दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय , उत्तरी क्षेत्रमा सिंगटी तथा जिरीमा पार्टीको कार्यालय संञ्चालनमा ल्याएको छ । शनिबार जिरीमा नगर कमिटीको कार्यालय उद्धघाटन गरिएको छ । जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भिम दहाल र सचिब प्रोण प्रताप के.सीले कार्यालयको उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा जिरीका नेताहरु सुनिता दहाल, नुर्पा दावा शेर्पा, दोर्जी शेर्पा, केश बहादुर तमाङ, प्रेम बहादुर कार्की, मोहन खड्का, विशाल काफ्ले, लव जिरेल, वसन्त जिरेल, जय बहादुर तमाङ, हर्क जिरेल, केशर बहादुर जिरेल, प्रकाश श्रेष्ठ, भेष बहादुर खड्का लगायतका जिरिका संस्थापक र पुराना नेताहरुको उपस्थितिमा कार्यालय उद्धघाटन गरिएको हो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिम दहाल ,सचिव प्रोण प्रताप केसी, जिल्ला कमिटी सदस्य मरिच खड्का ,अनेरास्ववियू दोलाखाका उपाध्यक्ष तेजश्वी बस्नेत, युवासंघ दोलखाका अध्यक्ष केशब कार्की , सहअध्यक्ष रामहरी शिवाकोटी, अध्यक्ष केशब कुमार कार्की, केन्द्रिय सदस्य सुन्दर दहालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "(एकीकृत समाजवादी) द्धारा दोलखामा संगठन विस्तारलाई तिब्रता"

Leave a comment

Your email address will not be published.


*