धार्मिक पर्यटन प्रवद्र्धन गर्न गैरीमुदीमा महायज्ञ

दीक्षण समाचार
चरिकोट, कार्तिक २८
बैतेश्वर गाउँपालिकामा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न गैरीमुदि स्थित कैलेश्वर महादेव मन्दिरमा धार्मिक महोत्सव तथा शिव महिमा रुद्रमहाभिषेक शिव पुराण ज्ञान महायज्ञ जारी छ । हरिबोधनी एकादशी पर्वको अवसरमा मन्दिर संरक्षण समिति तथा गुठी परिवारको योजनामा कार्तिक २६ गतेदेखि सुरु भएको महायज्ञ मंसिर ६ गतेसम्म चल्ने छ ।

महायज्ञबाट संकलित रकम गणेश मन्दिर, १०८ शिबलिङ्ग स्थापना र कैलेश्वर–उपल्लो मुदी सडक स्तरोन्नतिमा खर्च गरिने भएकोले हिन्दु धर्मका अनुयायीहरु सहभागी भई पुण्य आर्जन गर्न तथा सकेको भेटी दान गरी सहयोग गर्न पालिका उपाध्यक्ष रविचन्द्र आचार्यले आग्रह गर्नुभयो ।
महायज्ञमा ख्याती प्राप्त पण्डित कपिलदेव भट्ट र डेगनाथ ढकालको मुखारविन्दबाट सार्वजनिक संगितमय, पितृमोक्ष तथा कथा प्रवचन महायज्ञ सत्सङ्ग, भजन किर्तन, दैनिक हवन, रुद्राभिषेक, देवलीला झाँकी प्रदर्शन भईरहेको छ । कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी महायज्ञ चलिरहेको हो ।

 

 

Shares

Be the first to comment on "धार्मिक पर्यटन प्रवद्र्धन गर्न गैरीमुदीमा महायज्ञ"

Leave a comment

Your email address will not be published.


*