गौरीशंकर बहुमुखी क्याम्पसमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूद्धारा क्याम्पस कमिटी गठन

चरिकोट (दीस) – दोलखाको गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले क्याम्पस कमिटी गठन गरेको छ । आज गठन भएको कमिटीमा सुमन नेपाली संयोजक भएका छन् । ४१ सदस्यीय क्याम्पस कमिटीको उपाध्यक्षमा सजिना दहाल, देबराज मगर सचिबमा बविना नेपाली सहसचिबमा सलोमी धनुके , कमल थापा र कोषाध्यक्षमा ललिता तमाङ रहेका छन् । कार्यक्रममा अनेरास्ववियू दोलखाका संयोजक पुष्पक केसी , सहसचिब श्यामचन्द्र श्रेष्ठ र जिल्ला कमिटी सदस्य उज्वल खड्काले मन्तब्य व्यक्त गर्नू भएको थियो ।

Shares

Be the first to comment on "गौरीशंकर बहुमुखी क्याम्पसमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूद्धारा क्याम्पस कमिटी गठन"

Leave a comment

Your email address will not be published.


*