चरिकोट बजार भाेलि देखि खुल्ने

चरिकोट (दीस) – भीमेश्वर नगरपालिका को वडा नम्बर ३ र ६ मा लगाइएको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बुधावार बसेको बैठकले विहिवार देखि निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । संकट ब्यवस्थापन समितिको बैठकले सदरमुकाम चरिकोटका ब्यापार ब्यवसाय भने स्वास्थ्य मापदण्ड पालनगरी बेलुका ८ बजे सम्म खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जानकारी दिएको छ । तर मठ मन्दिरहरुमा भने नित्य पूजाबाहेकका अरु क्रियाकलाप यथावत रोकिएको छ । साथै सेवाग्राही बढी हुने सरकारी कार्यालयहरुले पालिकागत रुपमा आलोपालो मिलाई सेवा प्रदान गर्ने छन् । जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्यमाप दण्ड पूर्णरुपमा पालना गरी सेवा प्रदान गर्नु पर्ने छ । शिक्षण संस्थाहरु भने बन्द रहने बैठकले निर्णय गरेको छ ।

Shares

Be the first to comment on "चरिकोट बजार भाेलि देखि खुल्ने"

Leave a comment

Your email address will not be published.


*