दोलखामा एक वर्षमा १० वटा मोटरसाइकल हरायो

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ ८
दोलखामा मंहगो मूल्यमा खरीद गरिएका मोटरसाइकल वर्षेनी हराईरहेका छन् । खरीद गरी कुदाउन थालेको एकवर्ष पनि नपुग्दै मोटरसाइकल गायब भएपछि खोजतलास गरिदिन प्रहरी गुहार्नेहरु बढ्न थालेका छन् । हराएका केही मोटरसाइकल प्रहरीले फेला पार्न सफल हुने गरेको छ । मोटरसाइकल फेला पारी दिँदा सम्बन्धित धनीले प्रहरीको तारिफ गर्ने गरेका छन् । तर प्रहरीले हराएका सबै मोटरसाइकल कहाँ पत्ता लाउन सक्छ र ? जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ को अवधिमा केही महिना मात्र गुडेका १० वटा मोटरसाइकल हराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता थियाे । हराएका मोटरसाइकल मध्ये पाँच वटा मात्र फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । बाँकी पाँच वटा खोजतलास भईरहेको प्रहरी निरीक्षक दिवस बस्नेतले जानकारी दिनुभयो ।
फेला परेको मोटरसाइकल मध्ये चार वटा वेवारिसे अवस्थामा फेला परेको थियो । एक वटा भने चोरी भएको पुष्टि भएपछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो । तर ती व्यक्तिलाई धरौटीमा छाडिएको बताइएको छ । जिल्लामा पछिल्ला वर्षहरुमा मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी दर्ता गर्ने क्रम बढेको छ ।
हराएका मोटरसाइकल ग्रामिण क्षेत्रमा पु¥याइएको हुने सक्ने भन्दै पत्ता लाउन प्रहरीले आफ्नो संयन्त्र विषेश गरी ग्रामिण क्षेत्रमा परिचालन गर्ने गरेको जनाएको छ । प्रहरीका अनुसार सम्बन्धित धनीले जथाभावी पार्किङ गर्दा, असुरक्षित स्थानमा राख्दा तथा अन्य असवाधानीका कारण मोटरसाइकल हराउने गरेको छ । साथै जिल्लामा मोटरसाइकल चोरी गर्ने व्यक्ति तथा समुह सक्रिय हुँदा पनि मोटरसाइकल असुरक्षित हुन थालेको प्रहरी निरीक्षक बस्नेतले सुनाउनु भयो । मोटर साइकल असुरक्षित बन्दै गएकोले मोटर साइकल हुनेहरु सचेत हुनुपर्ने बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा एक वर्षमा १० वटा मोटरसाइकल हरायो"

Leave a comment

Your email address will not be published.


*