लापरबाही गर्दा दोलखामा संक्रमण बढ्दै

इश्वर बिश्वकर्मा ÷चरिकोट–दोलखामा दिनहुँ कोरोना संक्रमितको संख्यामा बढ्न थालेको छ । यो कोरोना प्रतिको लापरबाहीको दुष्परिणाम हो । सोमबार मात्र ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पीसीआर प्रयोगशालामा ४४ जनाको नमुना स्बाब जाँचिएकोमा २९ जना र स्थानीय तहमा १६ जनाको नमुना जाँचिएकोमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट १० पुरुष र ११ महिला, जिरी नगरपालिकाबाट चार पुरुष र एक महिला, कालिन्चोक गाउँपालिकाबाट छ पुरुष र एक महिला, विगु गाउँपालिकाबाट एक पुरुष र शैलुङ गाउँपालिकाबाट एक पुरुष र बैतेश्वर गाउँपालिकाबाट तीन पुरुष रहेका छन् । यो सगैँ जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ६ सय ८० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण प्रति स्वास्थ्य कार्यालयले चिन्ता व्यक्त गरेको छ । कार्यालयका अनुसार जिल्लामा कोरोना प्रतिको बढ्दो खेलाचीँ र लापरबाहीका कारण संक्रमितको संख्यामा उकालो लागेको हो । निषेधाज्ञाको नाममा प्रभावहीन हुन, विभिन्न परीक्षामा मापदण्ड पालना नहुनु, मठमन्दिरहरुमा भीड लाग्नु, सवारीसाधन सञ्चालन हुनु लगायतका कारण जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनु भयो । जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ५१ पुगेको छ । जिल्लामा थप मानिसमा संक्रमण पुष्टि हुनुका साथै संक्रमितहरु निको हुने क्रम पनि अपेक्षित रुपमा बढीरहेको आंकडाले बताएको छ । तर नयाँ संक्रमित थपिनेको तूलनामा निको हुनेको संख्या कम रहेको पाइएको छ । सोमबार १८ जना बिरामीहरु निको भएका छन् । तीमध्ये भीमेश्वर नगरपालिकाबाट १२ पुरुष, दुई महिला, जिरी नगरपालिकाबाट दुई महिला, विगु गाउँपालिकाबाट एक पुरुष, बैतेश्वर गाउँपालिकाबाट एक पुरुष निको भएका छन् । यो सगैँ जिल्लामा निको हुनेको संख्या एक हजार सात पुगेको छ । संक्रमितहरु मध्ये चरिकोट अस्पतालको एचडियुमा सात, जिरी अस्पतालमा दुई जना आइसोलेसनमा रहेका छन् । तीन सय ४२ जना होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेका संक्रमितहरुको उचित रेखदेख तथा निगरानी नहुँदा उनीहरु बजारमा सेवाप्रवाहका साथ हिंडिरहेको पनि स्थानीयको गुनासो रहेको छ । यद्यपी यसतर्फ सम्बन्धित निकाय मौन बसेको छ । स्थानीय तहलाई होम आइसोलेसनमा बसिरहेका सक्रिय संक्रमितको मतलब छैन् । यसरी नियमनकारी निकाय जिम्मेवार नबन्दा जिल्लामा कोरोना संक्रमितको संख्या जोडिन थालेको छ ।

Shares

Be the first to comment on "लापरबाही गर्दा दोलखामा संक्रमण बढ्दै"

Leave a comment

Your email address will not be published.


*