दाेलखामा १० जना काेराेना सक्रमित थपिए

चरिकोट ( दीस) – दोलखामा आज १० जना कोरोना सक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय दोलखाका अनुसार ३३ जनामा गरिएको नमुना पीसीआर टेष्टमा १० जनामा सक्रमण भएको हो । आज सक्रमण हुुुुनेमा भीमेश्वर नगरपाालिकाका २ जना र कालिन्चोेक गाउँपालिकाका ६ जना र बैतेश्वरका १ जना रहेको स्वास्थ्य कार्यालय बताएको छ ।दोलखामा सक्रिय सक्रमित २५ जना पुगेको छ । हालसम्म दोलखामा सक्रिय संक्रमित हुनेमा भीमेश्वर नगरपालिकामा ९ जना , जिरी नगरपालिकामा ३ जना , कालिन्चोक गाउँपालिकामा ६ जना , तामाकोसी गाउँपालिकामा २ जना , कालिन्चोक गाउँपालिकामा ३ जना र बैतेश्वर गाउँपालिकामा २ जना रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार आज सम्म दोलखाका ३ वटा पालिकामा कोरोना संक्रमण शुन्य रहेको छ । जसमा मेलुङ , बिगु र गौरीशंकर गाउँपालिका रहेका छन ।

Shares

Be the first to comment on "दाेलखामा १० जना काेराेना सक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*