मन्त्री बनिन् दोलखाकी बस्नेत

दीक्षण समाचार
चरिकोट, बैशाख १५
दोलखाकी सरस्वती बस्नेत बागमती प्रदेश सामाजिक विकास मन्त्री भएकी छन्। बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा बुधबार नयाँ मन्त्री नियुक्त गरेका हुन्। जसमा नेकपा एमालेको बागमती प्रदेश सदस्य समेत रहेकी सरस्वती बस्नेत सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी हुन् । त्यस्तै केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बागमती प्रदेशका तीन मन्त्रीले पुस १० गते राजीनामा दिएपछि तीन मन्त्रालय रिक्त रहेको थियो । आज मन्त्रीमा नियूक्त भएका मन्त्रिहरुको शपथ ग्रहण दिउँसो ४ बजे राखिएको जनाइएको छ ।

Shares

Be the first to comment on "मन्त्री बनिन् दोलखाकी बस्नेत"

Leave a comment

Your email address will not be published.


*