वक्तृत्वकलामा विजयी प्रतियोगीलाई पुरस्कार वितरण

दीक्षण समाचार
चरिकोट, बैशाख ६
‘हाम्रो दोलखा विषयक’ भिडियो वक्तृत्वकला प्रतियोगितामा विजयी प्रतियोगी बालबालिकाहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ । बालबालिकालाई लक्षित गरी फेसबुक गु्रप स्मार्ट दोलखा, स्वतन्त्र आवाजले आयोजना गरेको उक्त प्रतियोगितामा भिडियो मार्फत् सहभागी भई विजयी हुन सफल बालबालिकालाई पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा प्रथम हुन सफल प्रितिमा गौतम, द्धितिय भएका सुप्रिया श्रेष्ठ, तृतिय हुन सफल सरिना पोखरेल र सान्त्वना भएका लोसाङ छूल्ठीमलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार, तृतिय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगदसहित स्टेशनरी सामग्री वितरण गरिएको स्मार्ट दोलखा, स्वतन्त्र आवाजका संरक्षक सरोज केसीले बताए । पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँ, कालिन्चोक एफएम दोलखाका स्टेशन म्यानेजर जीवन लामा, आवाज नेपाल दोलखाकी सिर्जना कार्की, पत्रकारहरु गोकर्ण भण्डारी, इश्वर दहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "वक्तृत्वकलामा विजयी प्रतियोगीलाई पुरस्कार वितरण"

Leave a comment

Your email address will not be published.


*