गिरीराज चल्ला वितरण

दीक्षण समाचार
चरिकोट, बैशाख ६
दोलखाको विगू गाउँपालिका वडा नं. ६ स्थित आलम्पुका नागरिकहरुलाई गिरीराज चल्ला वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सोमबार  ८८ जनालाई चल्ला वितरण गरिएको हो । चल्लासगैँ दाना, औषधीसहित ग्लूकोज वितरण गरिएको सामाजिक परिचालिका नामदिकी शेर्पाले जानकारी दिइन् । उनका अनुसार ५ हप्ता पुरा भएको र सबै खोपको मात्रा पुरा भएको कुल ४ सयवटा चल्ला वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत कुल ६ बोरा दानासमेत वितरण गरिएको उनले बताइन् । यस कार्यको सहजीकरण गाउँपालिकाको कृषि शाखाले सहजीकरण गरेको थियो । चल्ला वितरण कार्यक्रममा वडासदस्य अम्बर बहादुर थामी, गाउँपालिकाका पशु सेवा शाखा पशु सेवा प्राविधिक राजु थामी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "गिरीराज चल्ला वितरण"

Leave a comment

Your email address will not be published.


*