दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचिकृतको घर पुनर्निर्माण

तामाकोसी गाउँपालिका–५ मा निर्माण भएको एक महिलाको घर ।

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ४
दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचिकृत भएकामध्ये हालसम्म ७१ वटा घर पुनर्निर्माण सम्पन्न भएको छ । एकल, विपन्न, बृद्ध, अपाङ्गता भएका व्यक्ति, आर्थिक स्तर कमजोर, दीर्घरोगी, पहिरोपीडित लगायतका सामाजिक रुपमा पछि परेका ७१ घरपरिवारको सुरक्षित घर पुनर्निर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सूचीकृत भएका र स्थानीय तहको सिफारिसमा ती घरहरु निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाका सूचना अधिकारी अनन्त पौडयालले जानकारी दिए । उनका अनुसार जिल्लामा १ सय ७ जना व्यक्तिहरु जोखिम वर्ग लाभग्राहीमा सूचिकृत भएको छन् । ति मध्ये ७१ जना सबैको १ तल्लाको सुरक्षित घर बनेको छ । टोलटोलमा परिचालित साामाजिक परिचालकले जोखिम वर्ग पहिचान गरी, घुम्ती डकर्मीको श्रमदानबाट यी घर बनेका हुन् । जिल्लाको ७४ वटै वडामा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले घुम्ती डकर्मी परिचालन गरेको छ । घर निर्माणको लागि लाग्ने ज्याला यी वर्गलाई छुट गरिएको अर्थात् सरकारले व्यहोरेको छ । घरलाई लाग्ने सामग्री भने घर धनीले व्यवस्था गरिदिनुपर्ने प्रावधान रहेको छ । सूचना अधिकार पौड्यालका अनुसार जोखिम वर्ग लाभग्राहीमा सूचिकृतमध्ये भीमेश्वर नगरपालिकामा ४, जिरी नगरपालिकामा ११, शैलुङ गाउँपालिकामा ११, गौरीशंकर गाउँपालिकामा ८, विगु गाउँपालिकामा ४, मेलुङ गाउँपालिकामा ४, तामाकोशी गाउँपालिकामा १० वटा, बैतेश्वर गाउँपालिकामा १० वटा, कालिन्चोक ८ वटा घर निर्माण सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिका वडा नं. १ का विपन्न तथा अपाङ्गता भएका व्यक्ति भल बहादुर जिरेलले घुम्ति डकर्मीले बिना ज्याला घर बनाइदिएकोमा खुसी व्यक्त गर्दै भने “ बिना ज्याला डकर्मीले घर बनाउने काम गरिदिए । खुसी लागेको छ । समृद्ध नेपाल, सुखी नेपालीको अभियान मेरो घरबाट सूरु भएको छ ।” जिल्लाका सूचिकृत जोखिम वर्गका लाभग्राहीमध्ये ३६ जनाको घर निर्माण भइरहेको र कामलाई तिब्रता दिईएको छ । भीमेश्वरमा ९, जिरी नगरपालिकामा २, शैलुङ गाउँपालिकामा ३, गौरीशंकर गाउँपालिकामा १, विगु गाउँपालिकामा ४, मेलुङ गाउँपालिकामा ६, तामाकोशी गाउँपालिकामा १, बैतेश्वर गाउँपालिकामा ५ वटा, कालिन्चोक गाउँपालिका ५ वटा घर धमाधम निर्माण भईरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ । जिल्लामा २०७६ माघबाट जोखिम वर्ग पहिचान तथा लाभग्राही सूचिमा समावेश गरी डकर्मी परिचालन गरिएको र घर पुनर्निर्माणको थालनी गरिएको थियो ।

Shares

Be the first to comment on "दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचिकृतको घर पुनर्निर्माण"

Leave a comment

Your email address will not be published.


*