चैत्र भित्र पाइप जोड्ने लक्ष्य

चरिकाेट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडान गर्ने काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन पश्चात आवश्यक करीब १० मीटर स्टिल पाईप आयोजना स्थलमा आइपुगेकोले चैत्र मसान्तसम्ममा सो पाइप तथा अन्य पाइप जडान गर्ने काम सम्पन्न हुने भएको हो । एक्सपान्सन ज्वाइनको सट्टा प्रयोग गरिने स्टिल पाइप आयोजना निर्माण स्थलमा बुधवार आइपुगेकोले अब चैत मसान्तसम्ममा पाइप जडानको काम सकिई कंक्रिटको काम सम्पन्न हुने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । पाइप जडानको काम सम्पन्न भएपछि टनेलमा पानी भर्न शुरु गरिने प्रवक्ता न्यौपानेको भनाइ छ । टनेलमा पानी भरेपछि आवश्यक परीक्षण पश्चात आयोजनाले परीक्षणको रुपमा विद्युत् उत्पादन गर्ने मिति भने भन्न सकिने अवस्था रहेको उनले बताए ।आयोजनाले हेडवक्सका अधिकाँस संरचनाहरु तथा विद्युत् गृह भित्रको एमएसओभी ठाडो सुरुङबाट पानी ठोक्किने स्थान) र एमआईभी ६ ओटा टर्वाइनमा पानी बाँडिएर जाने स्थानको प्रेसर परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ । यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर निर्माणको काम शुरु भएको आयोजनाले बताएको छ ।फुलासी सब स्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत् खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।चैत मसान्त भित्रै आयोजनाका छ ओटा युनिट मध्ये एक युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन गर्ने आयोजनाको घोषित लक्ष्य भने केही दिन पछि धकेलिने निश्चित भएको छ ।आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

Shares

Be the first to comment on "चैत्र भित्र पाइप जोड्ने लक्ष्य"

Leave a comment

Your email address will not be published.


*