दोलखामा ६ सय ६ नयाँ उद्योग दर्ता, ११ वटा उद्योग खारेज

चरिकोट, फागुन २१/ईस्वर विक –आफ्नै ठाँउमा स्वरोजगार बन्न र रोजगारी प्रदान गर्न जिल्लामा साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय दोलखामा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ६ सय ६ वटा उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म जिल्लामा ३ सय ३० वटा उद्योग दर्ता भएका छन् । कार्तिकदेखि माघ महिनासम्म २ सय ७६ वटा उद्योग दर्ता भएको कार्यालयका सुचना अधिकारी दिपक सिटौलाले जानकारी दिए । उनका अनुसार जिल्लामा वन र कृषि जन्य उद्योग दर्ता धेरै दर्ता भएका छन् ।
११ वटा उद्योग खारेज
जिल्लामा चालु आवको साउनदेखि माघ महिनासम्मको अवधीमा ११ वटा उद्योग खारेजी परेका छन् । करको दायरामा नआएका, नविकरण नगरेका, लामो समयसम्म निष्क्रिय रहेका र उद्योग बाहेक काम गर्न चाहेकाले उद्योगीले उद्योग खारेज गरेका छन् । साथै कोरोना भाइरस, कच्चा पदार्थ अभाव लगायतका कारण पनि उद्योग खारेज गर्न चाहेको हुन सक्ने उनले बताए । औद्योगिक व्यवसाय ऐन २०७३ का अनुसार उद्योगीले उद्योग सञ्चालन गर्न नसक्ने भनि कारण सहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नविकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ ।

Shares

Be the first to comment on "दोलखामा ६ सय ६ नयाँ उद्योग दर्ता, ११ वटा उद्योग खारेज"

Leave a comment

Your email address will not be published.


*