चरिकाेटः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा न्युनतम १० कितात र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी परिक्षणको तयारी गरेको छ ।
https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=628s
Be the first to comment on "सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने"