विप्लव समूहसंग ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, फागुन २० । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्ययमबाट गर्ने आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध हटाउने सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु समेटिएका छन् ।सहमतिको विस्तृत विवरण २१ गते सार्वजनिक गरिनेछ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Shares

Be the first to comment on "विप्लव समूहसंग ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने"

Leave a comment

Your email address will not be published.


*