दोलखाली समाज दक्षिण कोरियाद्वारा अग्नि पीडितलाई सहयोग

नविन कुमार खतिवडा(मिर्गे) –दोलखाको वैतेश्वर गाउँपालिका ३ मिर्गे लहरेमाने स्थित अग्नि पीडित मान बहादुर तमाङ लाई दोलखाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। २०७७ माघ १९ गते बिहान मिर्गे स्थित लहरेमाने मा रहेको मान बहादुर तमाङको घर तथा बेकरी पसलमा आगालागी भइ पुर्ण रुपमा नष्ट हुदा २० लाख भन्दा माथिको क्षति भएको थियो।अग्नि पीिडत तामाङलाई बुधबार एक कार्यक्रमका बिच कोरियाली समाजका सहसचिब राजकुमार दहालको उपस्थितिमा वैतेश्वर गाउँपालिका का उपाध्यक्ष रबिचन्द्र आचार्यले समाजको तर्फबाट संकलित ६५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएको नगद बुझ्दै अग्निपिडित मान बहादुर तमाङले आफू पीडामा रहेको यो अवस्थामा समाजले गरेको सहयोगलाई भुल्नै नसकिने गुण लगाएको र यसले मेरो व्यावसाय पहिलेको अवस्थामा फर्काउनको लागि मद्धत पुग्ने बताए।आफुले ठूलो मेहनत र परिश्रम गरेर निर्माण गरेको घर तथा बेकरी मेसिन जलेर नष्ट हुँदा मलाई समाजले गरेको सहयोग लाई धन्यवाद समेत दिएका छ्न।दोलखाली समाज कोरिया सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको वैदेशिक रोजगारीको शिलसिलामा कोरिया बस्ने दोलखाली हरुको संस्था हो।समाजका अध्यक्ष अमृत दहालका अनुसार समाजले जिल्लामा जेहेन्दार विद्यार्थी हरुलाई छात्रवृत्ति,बिद्यालयमा कम्प्युटर सहयोग ,गंम्भिर प्रकृतिका रोगिहरुलाई आर्थिक सहयोग,बृद्ध अवस्थाका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण जस्ता कार्यहरु गर्दै आइरहेको जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखाली समाज दक्षिण कोरियाद्वारा अग्नि पीडितलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*