दोलखामा चाँलु आर्थिक बर्षमा सम्बन्ध विच्छेदका ८८ मुद्धा फस्र्योट

ईस्वर विक /चरिकोट,– भनिन्छ नि, श्रीमान श्रीमतीको झगडा परालको आगो । तर अहिले श्रीमान् श्रीमतीको झगडा परालको आगो मात्र होइन, मुढाको आगो नै हुन थालेको छ । जो सल्किएपछि निभ्नको लागि अदालतमै पुग्ने गरेको छ । अर्थात् कानुनी रुपमा बैवाहिक बन्धनमा बाँधिएका श्रीमान् श्रीमतीबिच सम्बन्धमा तिक्तता आउन थालेपछि अदालतमा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन् । जिल्ला अदालत दोलखाका अनुसार चाँलु आर्थिक वर्षको साउनदेखि हालसम्म नयाँ र जिम्मेवारी सरी आएको गरि १ सय ४९ थान सम्बन्ध विच्छेदको मुद्धा दर्ता रहेको थियो । त्यसमध्ये ८८ थान मुद्धा फस्र्याेट भएको छ । अर्थात् ८८ जोडीले सम्बन्ध विच्छेद गरेको अदालतका सुचना अधिकारी समुन प्रसाद कुशवाहाले बताए । ६१ थान मुद्धा प्रक्रियामा रहेको छ । अपरिपक्क उमेरको विवाह, मदिरा सेवन, घरेलु हिंसा, बेरोजगारी, परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध लगायतका कारण श्रीमान श्रीमती बिचको सम्बन्धमा दरार आउँछ । अनि त्यसको सही व्यवस्थापन र समस्याको समाधान गर्न नसके पछि सम्बन्ध विच्छेदको निर्णयमा उनिहरु पुग्दछन् । सोही कारण अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको सुचना अधिकारी कुशवाहाले बताए ।

Shares

Be the first to comment on "दोलखामा चाँलु आर्थिक बर्षमा सम्बन्ध विच्छेदका ८८ मुद्धा फस्र्योट"

Leave a comment

Your email address will not be published.


*