गाउँमैँ कम्प्युटर सिक्दै, आत्मनिर्भर हुदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ९
कम्प्युटर मानव जीवनको एक अभिन्न अंग बनेको छ । दैनिक कार्य होस् वा पेशागत कार्य्, सहज रुपमा सम्पन्न गर्न कम्प्युटरको सहायता र प्रयोग बिना प्राय ः असम्भव हुन्छ । विश्व प्रविधीको युगमा फन्को मारिरहेको बेला कम्प्युटर प्रविधीमा दक्ष नभएको मानव हरेका कुरामा पछि नै परिरहन्छ । यहि कुरालाई मध्यनजर गर्दै जिल्लाको गौरीशंकर गाउँपालिकाको वडा नं. ५ सुरीमा कम्प्युटर तालिम सञ्चालन भईरहेको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रविधीको युगमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम व्यक्तिहरु पालिकाबाट उत्पादन गर्न कम्प्युटर तालिमको आयोजना गरिएको हो । वञ्चित समुदाय नेपाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा माघ २९ गतेदेखि गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीमा ३ महिने कम्प्युटर तालिम सञ्चालनमा रहेको छ । उक्त तालिममा विभिन्न क्षेत्रमा वञ्चितिकरणमा परेका १ सय ३० जना व्यक्ति कम्प्युटर सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्न तल्लिन छन् । रविना खड्का र फूलमाया तमाङले तालिमका सहभागीलाई प्रशिक्षण दिईरहेका छन् । सहभागी व्यक्तिहरुले उत्सुकता र ध्यानचितका साथ कम्प्युटर सिक्ने गरेका छन् । गाउँमै कम्प्युटर सीप र शिक्षा प्राप्त गर्न पाएपछि तालिममा सहभागी व्यक्तिसगैँ अभिभावकहरु पनि खुसी भएका छन् । गाउँमै निशूल्क तालिम पाएपछि कम्प्युटर सिक्नकै लागि बजार धाउनुपर्ने र धेरै खर्च गर्नूपर्ने बाध्यता हटेको तालिमका सहभागीले बताए । वञ्चित समुदाय नेपालका कार्यक्रम संयोजक रविन्द्र ढुङ्गेलले राज्यले वेवास्ता गरेका, आर्थिक तथा सामाजिक रुपमा बहिष्कारमा परेका तथा विभिन्न कारणबाट कठिनाई भोगिरहेका, वञ्चितिकरणमा परेका व्यक्ति तथा समुदायलाई साथ र सहयोग गर्ने उद्धेश्यका साथ गौरीशंकर पालिकामा विविध कार्यहरु गर्ने योजना बनाएको बताए । यो वर्ष पहिलो कार्यक्रम गौरीशंकर गाउँपालिकामा गर्ने तय गरिएको उनले बताए । उनका अनुसार संस्थाले व्याग, झोला अगबत्ति, खेलौना, गिफ्ट, हाते व्याग, पर्स, सेनेटरी प्याड, दालमोठ निर्माण सम्बन्धी तालिमको आयोजना हुने छ। साथै आयमुल सिलाई तालिमको पनि सञ्चालन गरिने कार्यक्रम संयोजक ढुङ्गेलले बताए । यी सबै तालिमको लागि इच्छुक व्यक्तिहरुले आवेदन दिइसकेको र अब चाँडै तालिम सञ्चालन गरिने समेत उनले बताए ।

यता मेलुङ गाउँपालिका वडा नं. १ पवटी स्थित रमाइलो चोकमा पनि गाउँपालिकाकाे दलित उत्थान कार्यक्रमअन्र्तगत वडा कार्यालयकाे अायाेजनामा  ३ महिने कम्प्युटर तालिम सञ्चालनमा रहेको छ । तालिममा १६ जना दलित समुदायका व्यक्तिहरु सहभागी भएका छन् । तालिममा सञ्जीप नेपालीले कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान तथा सीप प्रदान गरिरहेका छन् । गत अार्थिक वर्षमा गाउँपालिका दलित समुदाय लक्षित बजेटबाट ५ वटा कम्प्युटर खरीद गरिएकाे र ति कम्प्युटरलाइ तालिममा प्रयाेग गरिएकाे वडा अध्यक्ष इश्वर कोइरालाले जानकारी दिए । । यो समय प्रविधीको युग भएको तर आर्थिक अभावकै कारण कम्प्युटर शिक्षामा समेत दलित समुदायको  पहुँच पुग्न नसक्ने अवस्था रहेको छ । त्यसैले आर्थिक अवस्था कमजोर भएका दलित समुदायलाई लक्षित गरी वडाको लक्षित बजेटबाट तालिम आयोजना गरिएको वडा सदस्य सविना आचार्यले बताइन् । चालु आर्थिक वर्ष गाउँपालिकाले दलित समुदायको लागि जिविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । साथै आरन सुधार कार्यक्रलाई समय सापेक्ष रुपमा परिवर्तन गर्दै कृषि औजार कारखाना नामकरण गरी जिविकोपार्जनको व्यवस्था गर्ने नीति लिएको छ ।

Shares

Be the first to comment on "गाउँमैँ कम्प्युटर सिक्दै, आत्मनिर्भर हुदैँ"

Leave a comment

Your email address will not be published.


*