दाेलखामा हिमपातले पर्यटकलाई निम्तो गर्याे

चरिकोट -दोलखाका उच्च हिमाली क्षेत्रमा शुक्रबार अपराह्नबाट हिमपात सुरु भएको छ । यो वर्ष दोलखाका कालिञ्चोक, शैलुङ, खरिढुङ्गा लगायतमा पहिलो हिमपात भएको हो ।आन्तरिक पर्यटकको चहलपहल हुने कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएसँगै होटल व्यवसायी हौसिएका छन् । कालिञ्चोकमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ ।विगत वर्षमा मंसिरबाटै कालिञ्चोकमा हिमपात हुने भएपनि यो वर्ष भने ढिलोगरी हिमपात भएको होटल व्यवासयी हरि ओलीले बताए । उनले हिमपात भएसँगै कोरोनाले थलिएका होटल व्यवसायले थोरै भएपनि लय लिने उनले बताए ।यस्तै दोलखाका च्योरदुङ लगायतका क्षेत्रमा पनि हिमपात भइरहेको छ भने तल्लो भेगमा सामान्य वर्षा भइरहेको छ । उच्च हिमाली भेगमा हिमपात भएसँगै आलु रोपेका किसान खुसी भएका छन् । हिमपात नहुँदा हिमाली क्षेत्रका आलु किसान निराश भएका थिए । हिमपातसँगै उनीहरु आलुमा सिँचाई पुग्ने भन्दै खुसी भएका हुन् ।

Shares

Be the first to comment on "दाेलखामा हिमपातले पर्यटकलाई निम्तो गर्याे"

Leave a comment

Your email address will not be published.


*