दोलखामा न्यानो अभियान ः कम्बल वितरण

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २०
दोलखामा न्यानो अभियान अन्र्तगत बालबालिका र महिलालाई कम्बल वितरण गरिएको छ । चरिकोटमा अवस्थित गौरीशंकर बालगृहका ३१ जना अभिवावकबिहिन बालबालिका र आवाज नेपालको स्नेह केन्द्रका हिंसा प्रभावित २० जना महिलालाई जिल्ला विपद् व्यवस्थापन कोषको रकमले कम्बल वितरण गरेको हो । चिसोमा न्यानोको प्रत्याभुत गराउन सोमबार र मंगलबार गरि दुइदिनको अवधीमा बालबालिका तथा महिलालाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताए । याे समयमा बालगृह बालबालिका र स्नेह केन्द्रमा आश्रित महिलाहरुलाई चिसोको कारण समस्या भएको हुन सक्छ । त्यसैले न्यानो स्नेहसहित कम्बल वितरण कार्यक्रम गरिको उनले बताए ।

Shares

Be the first to comment on "दोलखामा न्यानो अभियान ः कम्बल वितरण"

Leave a comment

Your email address will not be published.


*