जनमुखी सहकारीमा निर्वाचनसँगै १५ सदस्यीय सञ्चालक समिति पुर्ण

मैनापोखरी (अनिल दहाल) – दोलखाको बैतेश्वर गाउँपालिका ५ मा रहेको जनमुखी सहकारिमा निर्वाचनसँगै १५ सदस्यीय सञ्चालक समिति पुर्ण भएको छ । आज आएको ५ सञ्चालक समितिको निर्वाचनको मत परिणामसँगै सञ्चालक समिति पुर्ण भएको हो । आज आएको निर्बाचन परिणाम अनुसार अध्यक्षमा माधब प्रसाद दहालले बर्तमान अध्यक्ष सिताराम दहाललाई हराउँदै बिजय भएका छन् । बिजयी माधव प्रसाद दाहालले १ हजार ९ सय ३० मत प्राप्त गरेका थिए ।उनका निकटतम प्रतिस्पर्धी वर्तमान अध्यक्ष सिताराम दहालले ९३४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक तारा पन्तले जानकारी दिए । उपाध्यक्षमा गिताकृष्ण शर्माले शंकर बस्नेतलाई पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले १९५३ मत प्राप्त गरेका थिए भने अर्का उमेदवार बस्नेतले ७७४ मत प्राप्त गरेका थिए । त्यसैगरी आज निर्वाचनमा परिणाममा सदस्यहरुमा साविक काब्रे सदस्यमा १४७७ मत ल्याएर राजकुमार दहाल निर्वाचित भएका छन् भने, साविक नाम्दु सदस्यमा कमल प्रसाद चौलागाईंले १०९२ मत ल्याएर विजयी भएका छन्। जनजाति सदस्यमा १८३१ मत ल्याइ गिता भुजेल विजयी भएको मतदान अधिकृत पन्तले जानकारी दिए।
यस अघि नै सचिबमा लक्षण चौलागाई , कोषाध्यक्षमा राजन के.सी .सहसचिबमा विशालराज गिरी निर्बिरोध निर्वाचित भएका थिए । सदस्यहरुमा बैतेश्वर १ र २ मन्जु गिरी , बैतेश्वर ६ र ७ बाट गोपोनी दहाल घिमिरे , बैतेश्वर ८ र गौरी शंकरबाट टीका खत्री र मोहन खडका जिरीबाट निर्बिरोध निर्वाचित भएका छन् । ३ सदस्यीय लेखा समितिमा निर्बिरोध निर्वाचित भएका थिए । प्रशान्त चौलागाई लेखा संयोजकमा सदस्यहरुमा घनश्याम घिमिरे र प्रेम न्यौपाने निर्बिरोध निर्वाचित भएका थिए । सहकारीमा १७ हजार सदस्य रहेका छन् । यो सहकारी प्रोबेशन प्राप्त सहकारी हो । सहाकारीको कुल वासलत ९० करोड रहेको छ ।

Shares

Be the first to comment on "जनमुखी सहकारीमा निर्वाचनसँगै १५ सदस्यीय सञ्चालक समिति पुर्ण"

Leave a comment

Your email address will not be published.


*