अन्तर्राष्ट्रिय समन्वय समाज दोलखामा नयाँ नेतृत्व

चरिकाट,अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे बुधबार काठमाडौंमा सम्पन्न चाैथाे बार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेकाे हाे । १३ सदस्यीय कार्यसमितिकाे संरक्षकमा बिजय दुलाल, बरिष्ठ उपाध्यक्षमा नितेशकुमार थामी, प्रथम उपाध्यक्षमा छबिलाल गुरागाई, महिला उपाध्यक्षमा राधिका रिमाल, महासचिवमा सबिनकुमार खड्का, सचिवमा दिपक कार्की, प्रवक्तामा राजु थापा, कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ, बिदेश बिभाग प्रमुखमा टंकनाथ गुरागाई निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक जीवन लामाले जानकारी दिए । समितिकाे सदस्यहरुमा शम्भु कार्की, यसोदा बुढाथोकी, भाजुराम श्रेष्ठ रहेका छन् भने बाँकी ८ सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने संस्थाका प्रबक्ता राजु थापाले जानकारी दिए ।अन्तर्राष्ट्रिय समन्वय समाजका बरिष्ठ उपाध्यक्ष बिजय दुलालको सभापतित्वमा अायाेजित साधारणसभा तथा अधिवेसनकाे प्रमुख अतिथि रिटर्नी माइग्रेट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमकाे
बिशेष अतिथि रिटर्नी माइग्रेट नेपालका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद आचार्य र नेपाल निर्माण सामाग्री व्यवसायी संघ काठमाडौंको अध्यक्ष अच्युतम कटुवाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, संस्थाका सस्थापक अध्यक्ष हरि खत्री, मोटिभेटर तथा समाजसेवी सुदर्शन जोशी, प्रेम पूर्ण प्रताप फाउन्डेसनका उपाध्यक्ष शान्ती श्रेष्ठ, विश्व साइकल यात्री पुष्कर शाह, हिमालयन सेफ्टी सोलुसनका प्रमुख दिपक लामिछाने लगायतले मन्तव्य ब्यक्त गरेका थिए । संस्थाको चौथो बार्षिक साधारणसभामा आर्थिक प्रतिबेदन र कार्य प्रगति प्रतिबेदन पेश गर्दै संस्थाको सल्लाहकार आजिबन सदस्य, साधारण सदस्य तथा संस्था प्रर्ती योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान पत्र, कदर पत्र तथा मायाको चिनो प्रदान गरिएकाे थियाे । प्रमुख अतिथि अधिकारीले संस्थाको उद्देश्य पूरा गर्नको निम्ति आफू सदैभ आर्थिक, भौतिक र सामाजिक सहयोग तथा सहकार्यको लागि तयार रहेको बताए ।मोटिभेसनर तथा समाजसेवी सुदर्शन जोशीले मोटिभेसनमार्फत सहभागिहरुलाइ तनाब ब्यबस्थापन सम्बन्धी मोटिभेट गरेका थिए ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको योजनाअनुसार जिल्लामा एम्बुलेन्स सञ्चालनमा ल्याउने , सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ति योजना, जिल्लामा सम्भावित पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने काम गर्ने बताए।

Shares

Be the first to comment on "अन्तर्राष्ट्रिय समन्वय समाज दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*