राष्ट्रिय सहकारी महासंघको टोलीले दोलखा जिल्ला सहकारी संघको निरीक्षण तथा अनुगमन

चरिकाेट , –राष्ट्रिय सहकारी महासंघको टोलीले आज दोलखा जिल्ला सहकारी संघको निरीक्षण तथा अनुगमन गरेको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल र संञ्चालक सदस्य एवम् राष्ट्रिय सहकारी महासंघ लिका सदस्य डिबी बस्नेतले आज दोलखा जिल्ला सहकारी संघ लि. को कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ। दुवैजनालाई जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईं ,संघका बयवस्थापक लगायत जिल्ला संघका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।अनुगमनका क्रममा राष्ट्रिय सहकारी महासंघ लि. का उपाध्यक्ष रमेश पोखरेलले संघको प्रगति तथा संघले गरेको कार्यहरूको प्रशंसा गर्नुका साथै देशकै नमुना संघकाे रूपमा रहेकाे बताउनु भयाे ।जिल्ला सहकारी संघलाई महासंघ तथा अन्य निकाए बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले दाेलखा जिल्ला सहकारी संघले सदस्यकाे हितमा रहेकाे र सदस्यहरूकाे मनका बस्न सफल भएकोमा बधाई पनि दिनु भयाे ।

Shares

Be the first to comment on "राष्ट्रिय सहकारी महासंघको टोलीले दोलखा जिल्ला सहकारी संघको निरीक्षण तथा अनुगमन"

Leave a comment

Your email address will not be published.


*