१० पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् .सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मीरा खड्कालाई इजलासमा पारेका छैनन् । सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसविरुद्ध परेका दर्जन बढी रिटमा प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो ।
संवैधानिक इजलासमा को–को न्यायाधीश परे ?
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १० पुष २०७७, शुक्रबार १२:०८
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १४:५४
Be the first to comment on "संवैधानिक इजलासमा को–को न्यायाधीश परे ?"