चरिकोटमा अग्नि नियन्त्रण सम्बन्धी ………………….

दीक्षण समाचार चरिकोट, पुस ४– दोलखाको भिमेश्वर नगरपालिकामा नगरस्तरिय अग्नि नियन्त्रण सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ । आगलागी भएको स्थानमा तत्काल आगो नियन्त्रण तथा उद्धार गरी जनधनको क्षती हुनबाट जोगाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको हो । भीमेश्वर नगरपालिकाको आयोजना, युरोपियन युनियन मानविय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको प्राबिधिक सहयोग र स्थानीय साझेदार संस्था मानव अधिकार तथा सचेतन विकास केन्द्र, हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित बहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि परियोजनाले तालिम आयोजना गरेको हो । तालिममा काठमाडौं महानगरपालिका अग्नि नियन्त्रण विभागका प्रमुख किशोर कुमार भट्टराईले विभिन्न स्रोत तथा साधनको प्रयोग गरि अग्नि नियन्त्रण तथा उद्धारको विषयमा प्रशिक्षण दिएका थिए । तालिममा नपरपालिकाको अग्नी नियन्त्रक समुह, नगर प्रहरी, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी, स्काउट र समुदायस्तरको विपद प्रतिकार्य टोली लगायतका २६ जनाको तालिममा सहभागिता रहेको भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतले जानकारी दिइन् । तालिम बुधबारदेखि सञ्चालन गरिएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा अग्नि नियन्त्रण सम्बन्धी …………………."

Leave a comment

Your email address will not be published.


*