विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएको छ । मंगलबार सार्बजनिक गरिएको सगरमाथाको नयाँ उचाई ८६ सेन्टिमिटर बढेको हो । नेपाल र चीन सरकारले संयुक्त रुपमा गरेको प्राविधिक टोलीबाट सगरमाथाको उचाई मापन गरेर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर सार्वजनिक गरिएको हो । चीन सरकारसँगको सहकार्यमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले चीनसँग संयुक्तरुपमा सगरमाथाको उचाइ नापेर आज सार्वजनिक गरिएको हो ।

Shares

Be the first to comment on "विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर"

Leave a comment

Your email address will not be published.


*