नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित

काठमाडौ – नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित भएको छ ।। मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेसम्मका लागि सरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टी एकता बचाएर लैजान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र गृहकार्य गरेर मंसिर २८ गते स्थायी कमिटीको बैठक फेरि बस्नेछ,’ पौडेलले भने । बैठकमा प्रचण्डले लामो सम्बोधन गरेका थिए । अर्का पाटी अध्यक्ष एबंम प्रधान मन्त्री केपि ओली आज बैठकमा सहभागि भएन् । ओलीको असन्तुष्टिका बीच बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिए । बैठकमा प्रचण्डले पार्टीभित्र देखिएको समस्याका सन्दर्भमा केन्द्रीत रहेर बैठकलाई ब्रिफिङ समेत गरेका थिए ।  आजको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए । बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए

Shares

Be the first to comment on "नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित"

Leave a comment

Your email address will not be published.


*