दोलखामा दशै अवधीमा ः६८ वटा सवारीसाधन कारबाहीमा परे


इश्वर बिश्वकर्मा चरिकोट, –दोलखामा दशैका अबधीमा ट्राफिक नियम उल्लघङ्गन गर्ने ६८ वटा साना तथा ठुला सवारी साधन कारबाही परेका छन् । दशैँमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट ६४ हजार राजस्व संकलन भएको छ । दशैँको समयमा चालक अनुमति पत्रबिना सवारी चलाउने, बढि यात्रु बोक्ने, बढि भाडा लिने लगायत, मादक पदार्थ सेवन गरि सवारी चलाउने लगायतका ट्राफिक नियम विपरित सवारी चलाउने सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ । जिल्लामा सबैभन्दा बढि मोटरसाइल कारबाहीमा परेका थिए भने, ट्याक्टर, कारजीप, बस र ट्रकलाई कारबाही गरिएको छ । यो बर्षको महान चाड दशै दोलखामा कोरोना माहामारीको बिचमा पनि शान्तिपूर्ण र सौहार्दपूर्णरुपमा सम्पन्न भएको छ । प्रहरीको सक्रियता र सर्वसाधारणले सावधानी अपनाएकोले यो बर्षको दशैं सुरक्षाको हिसाबले शान्तिपुर्ण बनेको हो । दशैंको समयमा सुरक्षा सतर्कता स्वरुप ट्राफिक प्रहरी र प्रहरीलाई चेकजाँच र अनुगमनको लागि परिचालन गरिएकोले पनि सामान्य किसिमको विवाद बाहेक गम्भीर प्रकृतिका घटना नभएको प्रहरीले जनाएको छ । यद्यपि मादक पदार्थ सेवन गरि होहल्ला गरेको कारण केहि व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । उनिहरुलाई सम्झाइबुझाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । उनले भने “ कोरोना भाइरसका कारण भिडभाड पनि पोहोरको तुलनामा अनियन्त्रित बनेन् । साथै नागरिकस्तरबाट पनि सावधानी अपनाईएको थियो र प्रहरी सक्रियता भएकोले यो बर्षको दशैं शान्तिपुर्ण सम्पन्न भयो ।“ त्यस्तै वर्षेनी ठुला चाडपर्वमा मानविय क्षती हुने गरि सवारी दुर्घटना हुने गरेको थियो । तर यो वर्षको चाडपर्वमा दुर्घटना नै नहोस् भन्ने उद्धेश्यसहित सवारी चेकजाँच र छड्के अनुगमनलाई प्रभावकारी बनाइएकोले सवारी दुर्घटना नभएको पाइएको छ । दशैंमा सवारी साधन तर सञ्चालन भए तर दुर्घटना शुन्य भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले बताए । यो वर्ष कोरोनाले दशैंको रौनक खोसेपनि दुर्घटना भने भोग्नुपरेन । आपराधिक घटनामा समेत नभएकोले दशैं शान्तिपुर्ण भएको छ । नेपालीहरुको अर्को चाड तिहार नजिकएसंगै यो अवधिमा पनि कोरोनाबाट जोगिन भिडभाड नगर्न सबैसंग प्रहरीले अनुरोध गरेको छ । ट्राफिक प्रहरीले आफुहरु सबै चाडपर्व तथा उत्सवहरु छाडेर जनताको खुशीमा नै रमाउन दिनरात सडकमा नै तल्लिन रहेको उनले बताए ।

Shares

Be the first to comment on "दोलखामा दशै अवधीमा ः६८ वटा सवारीसाधन कारबाहीमा परे"

Leave a comment

Your email address will not be published.


*