दोलखामा नै पिसिआर मेसिन किन्न बजेट छुट्टयाउन सांसदलाई अनुराेध

चरिकोट -दोलखामा नै पिसिआर मेसिन किन्न बजेट छुट्टयाउन सांसदलाई अनुराेध गरिएको छ ।दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था मिलाउन
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाको आज बसेको बैठकले साे अनुराेध गरेकाे जिल्ला समन्वय समिति दाेलखाका प्रमुख डबल पाण्डेले बताए ।सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा नै पिसिआर परिक्षणका लागी आवश्यक उपकरण खरिद गर्न दोलखाका संघीय सांसद र प्रदेश सांसदलाई पुर्वाधार विकास साझेदार कार्यक्रमवाट ५०/५० लाख सहयोग गर्न अनुरोध गर्ने भएको हो । साथै उक्त ल्याव सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि धुलिखेल अस्पताललाई अनुरोध गर्ने निणर्य भएको पाण्डेले जानकारी दिए ।

त्यसैगरि कोभिड १९ को परिक्षणको पछिल्लो नतिजा अनुसार दोलखा जिल्लाका विभिन्न बजार र केही जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरुमा कोभिड १९ को संक्रमण देखिएकाले जिल्लामा कार्यरत गैर सरकारी संघ संस्था, वितिय संस्था र जलविद्युत आयोजना र उद्योग व्यवसायमा फ्रन्ट लाइनमा काम गर्ने र जोखिममा रहेका कर्मचारीहरुको संस्थाकै खर्चमा पिसिआर परिक्षण गर्न लगाउने निणर्य भएको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि वजारमा हुने भिडभाडलाई कम गर्न सोमबार बसेको बैठकले बजारका खाद्य तथा गैर खाद्य पसल खोल्ने समय फरक गर्न सिफारिस भएकोमा जिल्लाको चरिकोट लगायत सवै बजार पसलहरुमा किनमेल र व्यापार व्यवसाय गर्दा उच्च सतर्कता अपनाउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने निणर्य भएको छ । फुटपाथमा राखी सामान बेच्ने कार्य भने विहान ९ बजे पछी बन्द गर्ने निणर्य भएको छ ।

Shares

Be the first to comment on "दोलखामा नै पिसिआर मेसिन किन्न बजेट छुट्टयाउन सांसदलाई अनुराेध"

Leave a comment

Your email address will not be published.


*