हुलाक कार्यालयद्वारा २ लाख भन्दा बढी राजस्व संकलन

इश्वर बिश्वकर्मा चरिकोट -जिल्ला हुलाक कार्यालय दोलखाले २ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आवको ३ महिनाको अवधिमा
टिकट बिक्री , एफ एम रोयल्टी, पत्रपत्रिका नविकरण लगायतबाट २ लाख ४८ हजार ४ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले सबैभन्दा धेरै टिकट बिक्रीबाट राजस्व संकलन गरेको छ । जसबापत १ लाख ४६ हजार रुपैयाँ संकलन भएको जिल्ला हुलाक कार्यालय दोलखाले जनाएको छ ।
एफएम रोयल्टी नविकरणबाट २१ हजार ५ सय ५० रुपैयाँ, छुट भन्सार महसुल बापत १ हजार ६ सय ४२ रुपैयाँ, बारकोड बाट ३५ हजार ६ सय ८९ र बेरुजु ४३ हजार ५ सय २० रुपैयाँ संकलन भएको जिल्ला हुलाक कार्यालय प्रमुख शान्ता कडरियाले बताइन् । कार्यालयले अन्य सेवाबाट भन्दा पनि टिकट बिक्रीबाट बढी राजस्व सङ्कलन गर्ने गरेको छ । तर पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस माहामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र कोरोनाको प्रभावले टिकट बिक्री नहुदाँ राजस्व संकलनमा पनि केहि गिरावट आएको उनले बताइन् ।
गत वर्ष ८ लाख संकलन
कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ८ लाख ३३ हजार ४ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको थियो । हुलाक टिकट बिक्री, पत्रिका नविकरण, एफएम रेडियो रोयल्टी र नविकरण, केबल टिभी रोयल्टी र नविकरण लगायतबाट राजस्व संकलन गरिएको कार्यालय प्रमुख कडरियाले बताइन् ।
हुलाक टिकट बिक्रीबाट ४ लाख ७६ हजार रुपैयाँ, पत्रिका नविकरणबापत ४ सय ३०, पत्रिका दर्ता ४ सय ८०, छुट भन्सार महसुल १० हजार, बारकोड १ लाख १ सय ८४ रुपैयाँ संकलन भएको थियो ।
केबल टिभी नविकरण २ हजार ५ सय, एफएम रेडियो नविकरण ४ हजार ५ सय, केबल टिभी रोयल्टी ७४ हजार, एफएम रेडियो रोयल्टी १ लाख ६४ हजार ३ सय २४ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "हुलाक कार्यालयद्वारा २ लाख भन्दा बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*