दाेलखामा थप सात जनामा काेराेना संक्रमण

चरिकोट – दाेलखामा अाज थप सात जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ्य कार्यालय दाेलखाका अनुसार ३३ जनाकाे  गरिएको पीसीअार टेष्ट रिपोर्टमा ५ जना पुरूष र २ महिलामा  अाज काेराेना पुष्टि भएको  छ ।२६ जनाकाे रिपोर्ट नेगेटिभ  अाएकाे छ । चरिकाेटमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रबाट  ११ गते स्वाब संकलन गरि पीसीअार टेष्टकाेे पठाईएको थियाे ।

थप १६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप ३५ सय १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल ३५ सय १७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ६८ हजार २३५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

थप ३५ सय १७ जनामा कोरोना पुष्टि,

पालमा थप ३५ सय १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल ३५ सय १७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ६८ हजार २३५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २८ हजार ९५८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ९८९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ३४ हजार ५३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३८ हजार ३५७ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७१ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०० जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा आज १८ सय ८८ कोरोना संक्रमित थपिए ।

Shares

Be the first to comment on "दाेलखामा थप सात जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*