पार्वत गुरुङलाई सञ्‍चार मन्त्रीको जिम्मेवारी

चरिकोट (दीस)– नेपाल सरकारको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङले पाउनु भएको छ । । यस अघि महिला बालबालिका मन्त्रालयमा रहेका गुरुङले  सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाउनु भएकाे छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नू भएको छ । ।राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रिपरिषद् गठन गरेको उल्लेख गरेको हो ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

हेर्नुहोस्, विज्ञप्ति :

Shares

Be the first to comment on "पार्वत गुरुङलाई सञ्‍चार मन्त्रीको जिम्मेवारी"

Leave a comment

Your email address will not be published.


*