प्रशासन कार्यालय दोलखाद्धारा निर्माण व्यवसायी सापकोटाको सवारी साधन अर्को जिल्ला जान प्रतिबन्ध

चरिकोट (दीस) –जिल्ला प्रशासन कार्यालय दोलखाले मुडे चरिकोट  सडक खण्डको सडक स्तरउनोति गर्दै आएका निर्माण व्यवसायीको सवारी साधन जिल्ला बाहिर जान प्रतिबन्ध लगाएको छ । लामोसाँघु जिरी सडक सुधार आयोजनाको सवारी साधन र निर्माण व्यवसायी दिपक सापकोटाको सवारी साधन अर्को जिल्ला जानु परेमा जिल्ला प्रशासन कार्यालय दोलखाको अनुमति लिनु पर्ने भएको छ ।
चरिकोट मुडे सडक निर्माण द्रुत गर्न जिल्ला प्रशासन कार्यालय दोलखा कडा रुपमा प्रस्तुत भएको हो । म्याद सकिएको ३ बर्षसम्म सडक निर्माण नभएपछि दशै अगाडी नै निर्माण व्यवसायीलाई कालोपत्रे गर्न बाध्य बनाउन प्रमुख जिल्ला अधिकारी रमेश शिबाकोटीले कामको समय तालिका मागेका छन् । प्रमुख जिल्ला अधिकारीले निर्माण व्यबसायीसँग सडक निर्माण गर्ने कार्य तालिका माग गरेको लामोसाँघु जिरी सडक सुधार आयोजनाका प्रमुख दिप बराहीले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालयले सडक कालो पत्रे निर्माण सुरु नगरेसम्म आयोजनाको र निर्माण व्यवसायी दिपक सापकोटा सवारी सधान बाहिरी जिल्ला जान कार्यालयले रोक लगाएको पनि उनले जानकारी दिए । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको २५ किमी सडक गौरी पार्बती निर्माण सेवाले निर्माण सम्पन्न हुने चरणमा पु¥याएको छ । त्यस्तै दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता पाएको उक्त सडक निर्माण व्यवसायीले बिभिन्न बाहना बनाउदै हाल सम्म पनि सडक निर्माण गरेका छैन । नागरिकले पटक पटक दबाब दिदाँ निर्माण कम्पनीले काम सुरु गरे जस्तो गर्ने गरेको चरिकोटका व्यापारी बिक्रम पाण्डेले बताए । “हामीले पटक पटक हेर्दा काम गरे जस्तो गर्ने ,कालोपत्रे भने कहिले नहुने कस्तो सडक निर्माण हो ”उनले भने । सडक निर्माण संघर्ष समितिका संयोजक चिरन्जीबि मास्केले ७ दिन भित्र निर्माण व्यबसायीले सडक कालो पत्रे सुरु नगरे कडा आन्दोलनमा उत्रने बताए । नागरिक समाजसँग भएको छलफलमा  निर्माण व्यवसायीले दशै सम्म २० किलोमिटर कालोपत्रे गर्ने सम्झौता गरेको भएको निर्माण भने सुस्त रहेको संघर्ष समितिका उप संयोजक रमेश खतिवडाले बताए । कालो पत्रे सात दिन भित्र नगरेमा आन्दोलनको कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने सचिब गोकर्ण भण्डारीले बताए ।

यता सुधार आयोजनाका प्रमुख वराहीले दशै अगाडी आफुलाई निर्माण व्यवसायीले ५ किमी कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको बताए । दशै अगाडी निर्माण व्यवसायीले कालोपत्रे गर्न सुुरु नगरेमा विभागले ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडी बढाउने उनको भनाई रहेको छ ।

Shares

Be the first to comment on "प्रशासन कार्यालय दोलखाद्धारा निर्माण व्यवसायी सापकोटाको सवारी साधन अर्को जिल्ला जान प्रतिबन्ध"

Leave a comment

Your email address will not be published.


*