थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

उपत्यकामा हालसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।  पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।  यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाबाट थप ८ को मृत्यु, मृतकको संख्या १८३ पुग्यो

कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको  २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

Shares

Be the first to comment on "थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*