१ हजार १६ संक्रमित थपिए

चरिकोट – कोरोना भाइरस संक्रमण भूसको आगो झै बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभरमा हालसम्मकै सबैभन्दा बढी १ हजार १६ संक्रमित थपिएका छन् ।

योसहित हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या कुल २८ हजार २५७ जना पुगेको छ ।

सरकारले १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ मा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुक्त भएका डिस्चार्ज ८५ जना मात्र । कुल १७  हजार ५८० जना ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै १३८ संक्रमित भेटिएका छन् । ललितपुरमा ५० र भक्तपुरमा १७ संक्रमित थपिएका छन् । यसरी एकैदिन काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा बढी २०५ संक्रमित थपिएका छन् ।

Shares

Be the first to comment on "१ हजार १६ संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*