स्वदेश फर्किए लगतै रोगले थलिए कार्की, परिवार भन्छन्, ‘सहयोग गरिदिनुहोस्’

जीत बहादुर कार्की

इश्वर बिश्वकर्मा
चरिकोट, साउन २९
दोलखाको शैलुङ गाउँपालिका वडा नं ८ पैतीका जीत बहादुर कार्की पैसा कमाउने उद्देश्य लिएर ४ वर्षअघि साउदी उडे ।
साउदीमा एक कम्पनीको क्यान्टीनमा काम गर्न थाले । केही कमाई पनि भइरहेको थियो । घर परिवारमा खानलाउनका लागि बेला बेलामा खर्च पठाइरहन्थे । तर २०७६ माघदेखि विश्वभरी कोरोना भाइरसको महामारी फैलन थाल्यो । जसले गर्दा उनले काम गरिरहेको देशमा पनि काेराेना रोक्न लकडाउन गरियो । लकडाउनमा काम हुने कुरै भएन । कम्पनीले तलब पनि दिएन । उनिसँग पैसा थिएन । धेरै दुख खेपेपछि घरबाट परिवारले पठाएको ६० हजार रुपैँयाले २५ असारमा नेपाल फर्किए । उनि स्वदेश फर्किएपछि सरकारको मापदण्ड अनुसार किर्तीपुरकाे क्वारेन्टाइनमा बसे ।
त्यसपछि आफ्नै गाउँमा फर्किए । गाउँ फर्किएको सातादिन पछि उनले सोच्दै नसोचेको कुरा हुन पुग्यो । सुरुमा ढाड दुखेकाे उनलाई २ दिनपछि कमर भन्दा तलको पुरै भाग नचल्ने भयो । उनका परिवारले उपचारका लागि मँहगाे गाडीभाडा तिरेर ट्रमा सेन्टरमा लगे । त्यहाँ सामान्य परिक्षण गरेर १० दिनका लागि औषधी दिई घर जान भनियो ।

उनको परिवारले त्यसपछि काठमाडौँकै अन्नपुर्ण न्युरो अस्पतालमा थप उपचारको लागि लगे । अस्पतालले बताए अनुसार उनकोे ढाडको नशा च्यापिएर प्यारालाइसिस भएको हाे । ४१ वर्षमैँ नशा च्यापियर प्यारालाइसिस भएकाे कार्कीको गत सोमबार अपरेशन गरिएको छ । अपरेशन गरेपनि उनी स्वस्थ हुने स‌ङ्क्ेत देखिएकाे छैन । उनकाे उपचारमा २ लाखभन्दा बढी रकम खर्च भईसकेको छ ।
उनकाे श्रीमती कमला कार्कीले भनिन् ” अस्पतालबाट अाज उनलाइ डिस्चार्ज गरिदैँ छ । तर बाँकी पैसा अस्पताललाइ दिनै बाँकी छ । याे महामारीकाे समयमा पैसा कहाँ बाट ल्याउने ?” उनले भनिन् “अस्पतालमा भर्ना गरियाे तर उपचार हुन सकेन । अस्पतालले थेरापी गर्नुपर्ने अस्पतालले बताएकाे छ । त्यसकाे लागि पैसा छैन। मैलेँ स्वस्थ हुने अाशा मारिसकेँ । तैपनि थेरापी गरे कतै निकाे हुन्छन कि”
उनले आफ्नो श्रीमानकाे थप उपचारका लागि रकम अभाव भएकोले आर्थिक सहयोगको अपिल गरेकिछिन् । आफ्नै नामको खाता रहेको सनराइज बँैकको खाता नं‍‌ ०२२१०२६७९१७०१८ बिरामीको सहयोगार्थ रकम जम्मा गर्न उनले अपिल गरेकीछिन् । साथै ९८४९३५८८०६ सम्पर्क गरि अावश्क जानकारी लिन सकिने उनले बताइन् । अार्थिक अबस्था कमजोर रहेकोले सहयोग गरि आफुहरुलाई पिडाको घाउमा मलम लगाउने कार्य गरिदिन सहयोगी हातहरुमा आग्रह गरेकी छिन् । कार्कीका १ छोरा र २ छोरी रहेका छन् ।

Shares

Be the first to comment on "स्वदेश फर्किए लगतै रोगले थलिए कार्की, परिवार भन्छन्, ‘सहयोग गरिदिनुहोस्’"

Leave a comment

Your email address will not be published.


*