थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

थप एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो ।

उच्च रत्तचाप र पार्किन्सनका बिरामी उनी छाती दुख्ने र पिसाब कम भएको भन्दै अस्पताल गएका थिए । आईसीयूको आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।

अछाममा २३० जना थपिए

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् ।

यस्तै कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९ जनन, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् ।

यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन ८२३ डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।

Shares

Be the first to comment on "थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*