काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । याेसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।
कोरोना अपडेट : थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो
Posted By: दीक्षण दैनिक १ असार २०७७, सोमबार १८:२५
३ आश्विन २०८१, बिहीबार १८:२०
बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १२:३९
दुर्घटना हुँदा दुईजनाको मृत्यु
३ आश्विन २०८१, बिहीबार १०:५१
Be the first to comment on "कोरोना अपडेट : थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो"