काठमाडौं– सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
लकडाउन १० दिन थप्ने निर्णय
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २४ बैशाख २०७७, बुधबार १४:००
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "लकडाउन १० दिन थप्ने निर्णय"