कोरोना भाईरस (कोभिड १९) को रोकथाम गर्न नेकपा दोलखाले पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने

चरिकोट (दीस) बैसाख १ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा न्यूनिकरणका सन्दर्भमा बसेको बैठकले कोरोना भाईरस रोकथाम र सँक्रमण फैलिन नदिनका लागि जिल्लाभरका पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । महामारीको रोकथाम गर्न स्थानीय सरकार र जनप्रतिनिधी विचमा समन्वय गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण गर्न अनुगमन समिति बनाएको छ । अनुगमन समितिमा पशुपति चौलागाई ,देवी खडका , ईस्वर चन्द्र पोखरेल , शिव भण्डारी, विशाल खडका ,डबल पाण्डे र गोपाल पाण्डे रहेको जनाइएको छ । स्थानीय तहमा रोकथाम गर्न स्थानीय तहमा रहेको पाटी कमिटीलाई र स्थानीय तहमा रहेका जनप्रतिनिधी सहितको सयँुक्त अनुगमन टोली बनाई परिचालन गर्ने निर्णय गरेको छ ।

Shares

Be the first to comment on "कोरोना भाईरस (कोभिड १९) को रोकथाम गर्न नेकपा दोलखाले पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने"

Leave a comment

Your email address will not be published.


*