कोरोना त्रासले “वृहत दोलखा महोत्सव” स्थगित

चरिकोट(दीस) –विश्वमा महामारीरुपमा फैलिएको कोरोना त्रासले दोलखा सदरमुकाम चरिकोटमा पर्सिदेखि सुरु हुने “वृहत दोलखा महोत्सव ”अन्तिम समयमा आएर स्थगित भएको छ । दोलखा उद्योग वाणिज्य संघले चरिकोट स्थित टुलिखेलमा यही चैत २१ देखि ३० गतेसम्म महोत्सव सहित लगानी सम्मेलन आयोजना तयारी अन्तिम चरण पु¥याएको थियो । सरकारले हिजो देशभर महोत्सव सभा गर्न सवैलाई आग्रह गरेको थियो ।

सरकारको आग्रह र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकको निर्णय बमोजिम महोत्सव स्थगित गरिएको संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव यही फागुन मसान्तसम्मका लागि स्थगित गरिएको हो ।

 

Shares

Be the first to comment on "कोरोना त्रासले “वृहत दोलखा महोत्सव” स्थगित"

Leave a comment

Your email address will not be published.


*